बुटवल,७ कार्तिक ।
मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानलाई नरक हुनबाट जोगाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार बुटवलकाे चौराहामा आयोजित कार्यक्रममा बाेल्दै मानवअधिकारकरर्मी उक्त आग्रह गरेको हो । संसारभर शान्तिको बिकल्प नभएको भन्दै उनिहरूले अफगानिस्तानलाई नरक हुनबाट जोगाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरे ।
।
साे अवसरमा बाेल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गाेबिन्द खनालले तालिवानमा मानव अधिकारको रक्षा र शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्रसंघले ध्यानदिनुपर्ने बताए । उनले तानाशाही शासन संसारमा कहिपनि टिक्न नसक्ने धारणा राखे ।
पत्रकार महासंङ्घ रूपन्देहीका सभापति रामराज पाेखरेलले शान्ति समाजले उठाउने हरेक एजेण्डामा महासंघको ऐक्यबद्धता रहने बताए ।
समाजका रूपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा रहेको कार्यक्रममा केन्द्रिय सचिव मिना ढकाल,केन्द्रिय सदस्य बिष्णु भुसाल,पत्रकार महासंघ रूपन्देहीका सचिव बिनाेद परियार,समाजका पूर्व जिल्ला सचिव तेजेन्द्र केसी,समाजका पदाधिकारी,कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियाे ।
समाजले ‘अफगानिस्तानलाई नरक हुनबाट जोगाऔँ’,तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?,तालिबानको शासनमा असुरक्षित महिला लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियाे ।
तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि यसको संसारभर बिराेध भैरहेको छ । आजकै दिन सन् अक्टोबर २४,१९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो।
युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, विभिन्न प्रकारको रोगसँग जुध्नेलगायतका काम गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो। विश्वहितको लागि काम गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न संस्था तथा निकायहरू रहेका छन्।





