काठमाण्डाै,७ कार्तिक ।
आज देशका केही ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
अहिले काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको मौसम धुम्मिएको छ ।
काठमाण्डौको मौसम आज दिनभर नै पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार आज देशका धेरैजसो ठाउँमा बादल लागेर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि सामान्य पानी पर्ने सम्भावना छ ।
ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले बताए । आज हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।






