काठमाडौं,६ कात्तिक ।
नेपालमा शनिबार थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८१७ जना कोरोना संक्रमित निकाे भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ९७.३ प्रतिशत काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ३४५ जना संक्रमितको मृत्यु भएको छ।
शनिबार संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २१३ जना रहेका छन् । जसमध्ये काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ रहेका छन् ।
नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





