सुर्खेत,३० असाेज । सुर्खेतमा भएको मिनिबस दुर्घटनामा दुई जनाको मृत्युु भएको छ ।
दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदै गरेको देउती नागरिक यातायात प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस आज अपरान्ह साढे चार बजे वीरेन्द्रनगर १४ लादेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परेर दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका वडा नं १ का ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको हो ।

ओरालोमा गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । दुर्घटनामा आठ जना घाइते भएकोमा एक जनाकाे अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको वीरेन्द्रनगरमा उपचार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।