धनगढी,२९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा दशैकाे दिन चोरी भएको छ ।
धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोल बस्ने भरतबहादुर देउवा आफन्तकोमा दशैँको टीका लगाउन गएका बेला शुक्रबार दिउँसो उनको घरबाट सुनका गरगहना र नगद चोरी भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ भरतबहादुर सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको प्रहरीले जनाएको छ । उनको घरबाट करीब तीन तोला सुन, तीन तोला चाँदी र चार हजार नगद चोरी भएको बताइएको छ ।
चोरी भएको खबर पाउनासाथ खाेजतलासका लागि तत्कालै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।









