बुटवल,२८ असोज । नेपालमा बिहीबार थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार २७६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८०४ जना काेराेना संक्रमित निको भएका छन भने ८ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ७९ हजार १५४ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार २६९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ जना रहेका छन् । जसमध्ये १२ हजार ७९१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१० जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





