मुगु,२६ असाेज । मुगु भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना भएको हो ।
दुर्घटनामा हालसम्म २८ जनाको मृत्युको भएको नगरपालिकाका प्रमुख हरि जङ शाहीले जानकारी दिए । करिब २५–२६ जना घाइते भएको उनले बताए ।
घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको छ ।