काठमाडौं, २४ असोज ।
नेपालमा आइतबार थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८७१ कोरोना संक्रमित जना निको भएका छन भने १० जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ७५ हजार ९४३ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार २३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेको छ । जसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३२२ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३४ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कति जनामा कोरोना संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै काठमाडौंमा १७२, ललितपुरमा ५३, मोरङमा ४९, कास्की र सुर्खेतमा ४२÷४२ जना, रुपन्देहीमा ३१, सुनसरीमा २१, भक्तपुरमा १८ तथा झापा, नुवाकोट र बागलुङमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





