बुटवल,२४ असाेज । लुम्बिनी प्रदेश सरकारले आज पुर्णता पाउने भएको छ । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । दलहरूले मन्त्रीमण्डलमा पठाउनेहरूको नामा टुंगो लगाएसँगै मुख्यमन्त्री केसीले प्रदेश मन्त्रीपरिषद्लाई पुर्णाता दिन लागेका हुन ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूकाे आजै दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय भको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसबाट पाल्पाका बिरबहादुर राना उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय, बन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने भएका छन् ।

राज्यमन्त्रीमा कांग्रेसबाट अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विश्वकर्माले सपथ लिने कांग्रेसका एक नेताले बताए ।
नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा गठन भएको प्रदेश मन्त्रीपरिषदमा कांग्रेसकाे तर्फबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री भइसकेका छन् । आज बिस्तार हुने मन्त्रीपरिषदमा नेकपा माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मा मन्त्री र सुष्मा यादव राव्यमन्त्रिकाे सपथ लिने भएका छन् ।

नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमलाकुमारी वली राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने चर्चा थियो ।

नेकपा समाजवादी बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन्।
अर्को सत्ता गठवन्धन दल जनता समाजवादीबाट संसदीय दलका नेता सहसराम यादव भाैतिक पूर्वाधार,पुर्मती ढेगा श्रम,राेजगार तथा यातायात व्यवस्था मन्त्री र सुमन शर्मा रायमाझी खाद्य प्रबिधि,कृषि तथा भुमि व्यवस्था मन्त्री भइसकेका छन् ।
लुम्बिनी प्रदेशका नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।
माओवादी केन्द्रले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।