काठमाडौं,२३ असोज ।
नेपालमा शनिबार थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १६८ पीसीआर परीक्षण गर्दा ६३६ र ५ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८९९ जना कोरोना संक्रमित निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार २२१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३१७ जना आईसीयूम र ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १२५, कास्कीमा १०९, ललितपुरमा ५७, झापमा ४१, चितवनमा २९, भक्तपुरमा २५, सुनसरीमा २३, रुपन्देहीमा २२, स्याङ्जामा २१, दाङ र मोरङमा १६÷१६, कैलालीमा १२, बाँकेमा ११, नवलपरासी पूर्वमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।