काठमाडौं,१७ असोज ।
नेपालमा आइतबार थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ७० पीसीआर परीक्षण गर्दा ५७४ र ३ हजार ८५० एन्टिजेन परीक्षण गर्दा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४०५ जना संक्रमित निको भएका छन् भने ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ६९ हजार २२४ जना कोरोना संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३७ जना आईसीयू र १०४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कति जनामा कोरोना संक्रमण ?
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै काठमाडौंमा २२२, मोरङमा ६२, कास्कीमा ४६, झापामा २८, रुपन्देहीमा २५, सुनसरीमा २१, ललितपुरमा २०, नुवाकोटमा १४ र भक्तपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
–––––––





