बुटवल,१६ असोज ।
रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं साधरण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले संस्थाका निवर्तमान सल्लाहकार बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा सिता गैरे, सचिवमा बिसन बहादुर कार्की र कोषाध्यक्षमा देवेन्द्र आचार्य सर्बसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा ओम प्रकाश पुन, हेमराज थारु, चन्द्र बहादुर तरामु, सिता गौतम र गणेश गौतम निर्वाचित भए ।
अधिबेशनले संस्थाका निवर्तमान सल्लाहकार निरोज पौडेलको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिबेक्षण समिति समेत गठन गरेको छ । जसको सदस्यमा बाबुराम गौतम र भुपाल बुढा रहेका छन् ।
कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले कञ्चनका हरेक सहकारीहरु अव कञ्चनको समृद्धिको आधार बन्नु पर्नेमा जोड दिए ।
छोटो समयमै मुनाफा आर्जन गर्न सफल भएको सहकारीले आफ्ना शेयर सदस्यहरुलाई बैंकका सबै सुबिधाहरु उपलब्ध गराउदै आएको भन्दै उनले सहकारीमा संकलित पुंजीले कञ्चनको समृद्धिमा सहयोग पुग्ने उत्पदानमुखी कार्यक्रमहरु संचालन गर्न सुझाव दिए ।
सहकारी सञ्जालका संयोजक राधिका चौधरीले सहकारीले शेयर सदस्यहरुको जिवनस्तर बृद्धि गर्ने उद्यमशील क्षेत्रमा पनि लगानी गर्न आवस्यक रहेको बताइन् ।
साधरण सभाले संस्थाका अध्यक्ष दुर्गा बहादुर कार्कीद्धारा प्रस्तुत संस्थाको आ.व. २०७७÷०७८को बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष खिमलाल न्यौपानेद्धारा प्रस्तुत बार्षिक लेखा प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक राजन शर्माद्धारा प्रस्तुत लेखा सुपरिबेक्षण प्रतिबेदन सर्बसम्मत पारित गरेको छ ।
कार्यक्रममा नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मन बहादु पुन, स्पिन्जर च्याउ फर्मका संचालक गंगाधर शर्मा, संस्थाका सल्लाहकाहरु जित बहादुर पुन र सपना शर्मा पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अध्यक्ष कार्कीको अध्यक्षता तथा कार्यक्रमको सपना शर्मा पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव रमेश ज्ञवालीको संचालनमा समपन्न भएको थियो ।
८४८ जना शेयर सदस्य रहेको सहकारीको ७४ लाख २८ हजार ५ सय रुपैया चुक्ता पुंजी रहेको सहकारीले जनाएको छ ।






