बुटवल,१६ असोज ।
मुलुक संघीय संरचनामा गएपछिको पहिलो जनगणना भएकोले २०७८ को जनगणनाको छुट्टै महत्व रहेको सरोकारवालहरुले बताएका छन् ।

बिगतका जनगणनामा भन्दा यसपटक थप बिषय समेटिएकोले पनि २०७८ को जनगणनाको छुट्टै महत्व रहेको उनिहरुको भनाई थियो ।

केन्द्रीय तथ्याक विभागको सहयोगमा मिडिया एक्सन नेपालको आयोजनामा शनिबार रुपन्देहीमा जनगणना सम्बन्धि मिडिया सचेतना कार्यशालामा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् ।

जनगणनामा सहि तथ्याक महत्वपूर्ण हुनेमा जोड दिएका हुन ।

सरकारले बनाउने सबै किसिमका योजनामा सहि र तथ्यपरक जनगणना आवश्यक पर्ने भन्दै उनिहरुले तथ्यपरक समाचार सम्प्रेषणमा जोड दिए ।

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्थले जनगणना देशको नीति तयार गर्ने महत्वपुर्ण पाटो भएको बताए । प्रत्येक १० वर्षमा देशहरुमा जनगणना लिने गरिने र यसमा तथ्याक संकलन, प्रलेखिकणका कार्यक्रमहरु शुक्ष्म रुपमा राखिने हुदा सरकारसंगै तथ्याकलाई सुचनामार्फत आमनागरिक पेश गर्न सकिने उनले बताए ।

तथ्याक विभागका निर्देशक तथा प्रवक्ता ध्रुवराज लामिछानेले जनगणनाको तथ्याक बुझ्न केहि कठिनाई हुने भएकाले पनि छलफल जरुरी रहने बताए ।

केन्द्रीय तथ्याक विभागका निर्देशक केशव गौतमले मेरो गणना मेरो सहभागिता नारासहित जनगणना २०७८ गरिन लागेको बताए ।

युनएनएफपिएका लुम्बिनी प्रदेशका संयोजक राम थापाले केवल संख्यात्मक तथ्याकमात्र नभई विश्लेषणात्मक तथ्याक आउने हुदा त्यसै अनुरुप सरकारबाट योजना बनाउन सहयोग मिल्ने बताए ।

तिलोत्तमा नगरपालिकाका महिला तथा बालबालिका शाखाका सम्झना भण्डारीले स्थानिय सरकारबाट जनगणनामा सहभागीहरुलाई विशेष सहयोग गर्ने प्रतिवद्धता अनुसार काम गरिदै आएको बताए । कोहि नदोहो¥याउन, कोहि नछुटुन भन्ने मुल विषयलाई ध्यानमा लिएर विवरण लिने गरि सहयोग हुने उनले बताईन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले पत्रकारहरु बुझेर रिपोर्टिङ गर्नुपर्ने सुझाव दिए ।

लुम्बिनी प्रदेश जनगणना कार्यालयका कृष्णराज पाण्डेले बसोबासको आधारमा तथ्याक लिने काम भैरहेको बताए । एकैसमयमा सबै भुभागलाई समेटेर लिईएको तथ्याक धेरै उपयोगी हुने भन्दै उनले सहि तथ्याक दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय मुल्यमान्यतालाई आधार बनाएर लिईने हुदा केही कठिनाई हुने भएपनि यसको दिर्घकालिन प्रभाव पार्ने उनले बताए ।

कुनै पनि देश संचालन गर्न जनगणना महत्त्वपूर्ण हुन्छ । आर्थिक, सामाजिक सबै तथ्याक संकलन यसमा हुन्छ । नागरिकहरु सुसुचित गराउने काममा समेत मिडिया भुमिका रहेकाले पनि यसको प्रचारप्रसारमा यो कार्यक्रम राखिएको बताए ।

कार्यशालामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र अर्घाखाँची जिल्लाका गरी २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

जनगणना आगामि कार्तिक २५ देखि मंसिर ९ गते (१५ दिन) सम्म चल्ने छ ।