बुटवल,१६ असाेज । अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको राजमार्ग चौराहामा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज,मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको भन्दै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यवद्धता र प्रयास हुनुपर्ने बताए ।
समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका महत्त्वपूर्ण रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसारहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
‘अंहिसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नारका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको थियो । जिल्ला अध्यक्ष डि.पी.खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्य एवं पत्रकारहरुको सहभागिता रहेको सचिव कपिल ज्ञवालीको जानकारी दिए ।
यो दिवस विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा मनाउने गरिन्छ ।







