बुटवल,१५ असाेज । आफ्नो संचार संस्थामा कार्यरत श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा दसैँ अगावै उपलब्ध गराउन नेपाल पत्रकार महासंघ रुपन्देहीले आग्रह गरेको छ ।
शुक्रबार बसेकाे नेपाल पत्रकार महासंघ रूपन्देहीको बैठकले
आफ्नो संचार संस्थामा कार्यरत श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा दसैँ अगावै उपलब्ध उपलब्ध गराइ सहज वातावरण निर्माण गर्न सञ्चारगृहहरुलाई आग्रह गरेको हो ।
अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले श्रमजिवि पत्रकारहरुलाई दशैं अगावै बाँकी बक्यौता सहित सबै प्रकारको सेवा सुविधा उपलब्ध गराइ सहज वातावरण बनाउन सञ्चारगृहलाई आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष विश्वास ढकालले जानकारी दिए ।
कोरोना संक्रमण जाेखिमको बहाना बनाइ विभिन्न सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारलाई निष्काशन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य गरेको पाइएको भन्दै महासंघले त्यस्तो कार्यक्रम तत्काल रोक्न अनुरोध गरेको सचिव विनोद परियारले बताए ।
यस्तै, बैठकले पत्रकार महासंघ रुपन्देहीको सल्लाहकारमा डा. बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, शेर बहादुर केसी, यानेन्द्र जिसि, दिनेश पाण्डे, खिमानन्द भट्टराई, इन्दिरा अर्याल र माधव ढुंगानालाई मनोनन गर्ने निर्णय गरेको छ ।






