बुटवल,१५ असोज
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४९५ नियमित बैठक तथा दोस्रो क्लब एसेम्बली सम्पन्न भएको छ ।
कार्यक्रमकाे आरआई डिष्ट्रिक ३२९२ जोन २८ का एजी देवि गुरुङले शुक्रबार बुटवलमा उद्घाटन गरेकाे क्लबले जनाएको छ । साे अवसरमा उनलेे क्लबलाई ब्यवस्थित गर्दै लैजान एसेम्बली प्रक्रिया भएको बताईन ।
उनलेे रोटरी अन्तराष्ट्रियको मुल्यमान्यता अनुसार सात वटा फोकस एरियामा क्लबबाट भएपनि डिष्ट्रिकको रिपोर्ट र अवार्डमा नोमिनेसनमा पर्ने गरि लाग्न सुझाव दिईन ।
टिआरएफमा प्रत्येक सदस्यले २५ डलर र क्लबबाट पोलियो उन्मुलनका लागि ५० डलर समेत सहयोग गर्न उनले आग्रह गरिन । डिजिको निश्चित लक्ष्य अनुसार सबै सदस्यहरुबाट सहयोगको अपेक्षा रहेको उनको भनाइ थियोे ।

एसेम्बलीमा क्लब एडमिनिष्ट्रेसन कमिटि चेयर टीकाराम पाण्डेले आफ्नो टिमबाट प्रगति विवरण पेश गर्दै कोभिडकै कारण धेरै समस्या हुदाहुदै पनि दन्त चिकित्सकमार्फत अन्तरक्रिया, कर्डको तालिम, रोटा क्विजका लागि समेत रिजन ५ को स्पोन्सर गर्ने तयारी गरेको जानकारी गराए ।
यसैगरि मेम्बर कमिटि चेयर केशव बहादुर कुवरले नया सदस्यहरुको क्लासिफिकेशन, वर्षमा १० प्रतिशत सदस्य बढाउने काममा प्राथमिकता दिएको, स्याङ्जामा नया क्लब स्थापना गर्ने तयारी समेत भैरहेको उनले बताए । ईच वान ब्रिन्ङ वान नारालाई सार्थकता दिनेगरि काम गर्दै आएको उनले बताए ।

पब्लिक ईमेज कमिटि चेयर भगवती घिमिरेले क्लबका गतिविधिलाई संचार माधयममा ल्याउनुका साथै समुदायमा सचेतनाका कार्यक्रमहरु समेत चलाएको बताईन । कोभिड संक्रमणको जोखिमलाई रोक्न मास्क वितरण र सचेतनाका लागि समेत गतिविधि गर्दै आएको उनले जानकारी गराइन् ।

सर्भिस प्रोजेक्ट कमिटि चेयर शंकर पाण्डेको अनुपस्थितिमा अर्जुन आचार्यले फण्ड राईजिङ, वाटर एण्ड सेनिटाईजर, सोसल प्रोजेक्ट अन्तरगत लागुअौषध विरुद्ध सचेतना, चाईल्ड हयाप्पि स्कुल, कोभिड विरुद्ध सचेतना जगाउने गरि ४ हजार ५ सय मास्क वितरण गरिएको बताए ।

रोटरी फाउन्डेसन कमिटि चेयरका सरोज पन्तले सतप्रतिशत पिएचएफ बनाउने योजनामा रहेको भन्दै यसका लागि अग्रसरता गरिरहेको बताए । क्लबमा हाल १५ जना पिएचएफ रहेको उनले जानकारी दिए ।

निवर्तमान अध्यक्ष गोपाल ज्ञवालीले एसेम्बली कार्ययोजना बनाउने रुपमा रहेको बताउदै महत्त्वपूर्ण भएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष विष्णु चापागाई, पुर्वअध्यक्ष बालकृष्ण अर्याल, सरजेन्ट आर्म ओमप्रसाद अर्यालले क्लबको नीति र डिष्ट्रिक गर्भनरबाट निर्देशनमा कार्य गर्दै आएको बताए।