बुटवल, १५ असोज ।

३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वृद्धाश्रममा आश्रीतलाइ भोजन गराएको छ ।

समाजले बुटवल २ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैँजू वृद्धाश्रममा ( पाकापुस्ता) मा रहेका आमा–बुवालाइ शुक्रबार बिहान खाना खुवाएको हो ।

सो अबसरमा बोल्दै शान्ति समाजका रूपन्देही सभापति डिपी खनालले जेष्ठ नागरिकलाइ सम्मानको संस्कृती बिकास गर्न वृद्धाश्रममा भोजन गराएको बताए ।

कार्यक्रममा शान्ति समाज रुपन्देहीका उपसभापति मेघराज भट्टराइ (कृष्ण),जिल्ला सचिव कपिल ज्ञवाली,सहसचिव कृष्ण पाण्डे,कोषाध्यक्ष धनकला खनाल (सविता ),शाखाका पूर्व सचिव तेजेन्द्र केसी लगायत कार्यसमिति सदस्यको सहभागिता रहको थियो ।

वृद्धाश्रममा ८ जना बृद्धबृद्धा आश्रित रहेको सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैँजू वृद्धाश्रमका ब्यबस्थापक कृष्ण रेश्मीले जानकारी दिए ।