बुटवल,१५ असाेज । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकलले पैदलयात्रीलाईग ठक्कर दिँदा २ वर्षिया बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालिकाको मृत्यु भएको छ भने उनकी आमा र मोटरसाइकलका चालक घाइते भएका छन् ।
लु ७१ प ५६३४ नम्बरको मोटरसाइकलले तिलोत्तमा नगरपालिका–१२ नौ नम्बरस्थित सडकमा पैदलयात्रा गरि रहेका आमाछोरीलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१२ की २ वर्षीया पृषिका गाहा मगर रहेकी छन् ।
दर्घटनामा मृतक बालबालिकाकी आमा २० वर्षीया संगिता गाहा र ठक्कर दिने मोटरसाइकलका चालक सोही ठाउँकै २५ वर्षीय सुवाष काफ्ले घाइते भएका छन् । गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनकी आमाको पुरानो मेडिकल कलेज भरतपुरमा र मोटरसाइकलका चालक काफ्लेको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।







