गुल्मी,१३ असोज ।

चितुवाको छालासहित बुधबार गुल्मीको लुम्छाबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छत्रकोट गाउँपालिका–२ भेडुवा बजारका २७ वर्षीय सुमन खनाल र सोही ठाउँका ३१ वर्षीय हरिबहादुर सार्की रहेका छन् ।

छत्रकोट गाउँपालिका–३ लुम्छा बजारमा रहेको घिमिरे होटल एण्ड लजमा छापामा मारेर दुई थान चितुवाको छालासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनकाअनुसार लुम्बिनी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले होटलमा छापा मारेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।