बुटवल,१३ असाेज ।
रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको सुनगाभा सामुदायिक बिकास केन्द्रको २७ औं बार्षिक उत्सबको अवसरमा आयाेजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रुद्रपुर साथी सञ्जालको आयोजनामा संचालित रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताहरुले रक्तदान गरेकाे साे संस्थाले जनाएको छ ।
सरोकारवालाहरुको सहकार्यमा लक्षित बर्गहरुकाे पुनर्स्थापन,सशक्तिकरण,शिक्षा,स्वास्थ्य एवं उनिहरुको जिबनस्तरमा सुधार ल्याउने कार्यक्रमहरु संचालन गर्दै आइरहेको केन्द्रले बार्षिक उत्सबको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको साथी सञ्जालका सुस्मिता नेपालीले जानकारी दिइन् ।
संस्थाले न्यायपुर्ण तथा समतामुलक समाज निर्माणका लागि युनाईटेड मिसन टु नेपाल, स्ट्रोम फाउण्डेसन नेपाल र स्थानिय सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय र सहयोगमा समुदायमा आधारित मानव बेच बिखन बिरुद्ध,मानसिक स्वास्थ्य, सम्वाद कार्यक्रमहरु संचालन गर्दै आएको छ।