काठमाडौं,१३ असोज ।
नेपालमा बुधबार थप १ हजार १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६५२ पीसीआर परीक्षण गर्दा ८९२ जना र ३ हजार ८८९ एन्टिजेन परीक्षण गर्दा २६५ जना गरी १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ११३ जना कोराेना संक्रमित निकाे भएका छन भने ८ जनाकाे मृत्यु भएको छ ।

हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।