काठमाडौं,९ असोज ।
नेपालमा शनिबार थप ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५० पीसीआर परीक्षण गर्दा ७९० र ३ हजार ५२९ एन्टिजेन परीक्षण गर्दा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ८१ हजार एक सय पाँच जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना संक्रमित निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने त्यस्तै १३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।