बुटवल,८ असोज ।
रुपन्देहीको कञ्चन गाउपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष ४५ का रन बहादुर बस्नेत रहेका छन् ।

शुक्रवार बिहान करिब ९ बजेको समयमा घर बनाउनका लागि फलामको छड काट्ने क्रममा बिधुतको हाईटेनसन तारमा छोइएर करेन्ट लाग्दा सख्त घाइते भएका बस्नेतको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएकाे छ ।
कञ्चन गाउपालिका वडा नं. ४ सुनगाभा हर्नाचौर बस्ने स्थानिय सुरेश खत्रीको घर निर्माणका क्रममा करेन्ट लागेर घाइते भएका बस्नेतको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा बिहान करिब ११ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।
कञ्चनमा बिस्तार गरिएका बिधुतिय हाईटेनसन पाेलको उचाई कम र सडकको किनारमै भएका कारण दुर्घटनाको जोखिम अत्याधिक रहेको स्थानियहरुले गुनासो गरेका छन ।