बुटवल,८ असोज ।
बुटवलका १९ सहित रुपन्देहीमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११० जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १९ जना, ,सैनामैना नगरपालिकाका ७ जना, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका ५÷५ जना, देवदह नगरपालिका,कञ्चन गाउपालिका र ओमसतिया गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३१ हजार ५८८ पुगेको छ ।
जिल्लामा हालसम्म ३० हजार ५८८ जना कोरोना संक्रमित निको भएका छन् भने ५३३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४२२ रहेको छ ।





