बुटवल,२९ भदौ ।
राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षमा पुन : खड्ग प्रसाद ( केपी ) पालुङ्वा निर्वाचित भएका छन् ।

सुनसरीको धरानमा सम्पन्न पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनले खड्ग प्रसाद ( केपी ) पालुङ्वाकाे अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हो ।

पार्टीको कार्यकारी अध्यक्षमा निवर्तमान महासचिव केशव सुर्यवंशी निर्वाचित भएका छन् भने बरिस्ठ उपाध्यक्षमा कमला थापा र माेहन धिमाल निर्वाचित भएका छन् ।

यही भदौ २६ देखि २९ गते बिहान सम्म चलेको महाधिवेशनले जनमुक्ति पार्टिकाे उपाध्यक्षमा हाेमाया गुरूङ, हाजी डा.माेहम्मद हसन,बलदीप राई,रबिन्द्रउच्च नेपाली,भिमबहादुर राना,प्रकाश याङ्देन,मनिराम चाैलागाई,रबिन्द्र सुनार र मन्धुरी आलेलाई चयन गरेको छ ।

पार्टीको महासचिवमा निवर्तमान उपमहासचिव टाेप अस्लामी,राम परीयार र पदम जवेगु निर्वाचित भएका छन् ।
त्यस्तै महाधिवेशनले पार्टीको उपमहासचिवमा गंगा खासु र बिष्णु थाम्देन तथा सचिवमा गीता सारू,शर्मीला महरा,राजेन्द्र आङ्बुहाङ,माेबिज अली र ज्ञान बहादुर सलामी थापा तथा काेषाध्यक्षमा मान बहादुर राई निर्वाचित भएको पार्टीका नवनिर्वाचित महासचिव टाेप अस्लामीले लुम्बिनीपाटी अनलाइनलाई जानकारी दिए ।