धरान,२६ भदौ ।
राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन आजदेखि सुनसरीको धरानमा सुरु हुदै छ ।
महाधिवेशनकाे पार्टीका संस्थापक अध्यक्ष एम.एस थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका उपमहासचिव टाेप अश्लामी मगरले जानकारी दिए ।
धरान स्थित गीता भवनमा आयाेजित महाधिवेशनमा सअभागि हुन पार्टीका नेताकार्याकर्ताहरू धरानमा जम्मा हुने क्रम जारी रहेको साे पार्टीले जनाएको छ ।
भदौ २८ गते सम्म चल्ने महाधिवेशनमा देशका सातै प्रदेश तथा ६०/६५ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक धरान आईसकेकाे जनाइएको छ ।
विगत तीन दशकदेखि वैचारिक संघर्ष गर्दै आएको जनमुक्ति पार्टीको राष्ट्रिय महाधिवेशनलाई पहिचान पक्षधरका सबै निकाय तथा सम्बन्धित क्षेत्रले निकै चासोको रुपमा लिएको छ ।








