माेरङ,२० भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
आइतबार मोरङको विराटचोकमा आयोजित एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने भन्दै जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने बताएका हुन् ।
१० बुदे पार्टीको निर्णय नभएर कार्यदलले दिएको सुझाव मात्रै भएको भन्दै महासचिव पाेखरेलले भने-‘१० बुदे कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।’
उनले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । पार्टीलाई जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने उनको भनाइ थियोे ।
.








