Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

विराटनगर,१९ भदौ ।
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीलाई मुख्यमन्त्रीमा कायमै रहने हो भने आफ्नो पार्टीमा आउन आग्रह गरेकी छन् ।

आफ्नो पार्टी रोजेमा मात्रै उनिहरु नेतृत्वको सरकारले निरन्तरता पाउने भन्दै झाँक्रीले मुख्यमन्त्रीमा कायमै रहने हो भने आफ्नो पार्टीमा आउनुपर्ने बताइन् ।

शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ । उहाँहरू आउनुभयो भने हामी आफैँ विश्वासको मत दिलाउन खट्ने छौँ ।’ उनले एमालेमै फर्किएको अवस्थामा उनीहरूले विश्वासको मत लिनुपर्ने र सरकार अल्पमतमा पर्ने भएकाले आफ्नो पार्टी आउन आग्रह गरिन् ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म नयाँ दल छान्न पाउने समय सीमा भएकाले मुख्मन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्य नेकपा एकीकृतमा आबद्ध भएको खण्डमा सरकारलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताइन् ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अहिलेसम्म कुन पार्टी रोज्ने भन्नेमा मौन छिन् ।