बुटवल,२० साउन ।
रुपन्देही जिल्लामा बुधबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३५ जनाको कोरोना परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २२, सिद्वार्थनगर नगरपालिकाका ११ जना, तिलोत्तमा नगरपालिका,देबदह नगरपालिका, सैनामैना नगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र कञ्चन गाउँपालिकाका ४/४ जना तथा ओमसतिया गाउँपालिकामा र राेहिणी गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २९ हजार ४२८ पुगेको छ ।
त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा हालसम्म २८ हजार ४७७ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा कुनैपनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म जिल्लामा ५१६ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४३५ रहेको छ ।







