काठमाडौं,२० साउन । नेपालमा बुधबार थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा १ हजार १३२ जना गरी ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ६१ हजार ६५१ जना निकाे भएका छन भने ९ हजार ९५७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेका छन् । जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्ष मुनिका ७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५५ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज कुन जिल्लामा कतिजनामा संक्रमण ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९०८, झापामा २९६, कास्कीमा २२६, ललितपुरमा २०६, भक्तपुरमा १६५ र मोरङमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुरमा १०२, सुनसरीमा ९९, चिनवमा ९२, रुपन्देहीमा ६१, नवलपारसी पूर्वमा ५८, तनहुँमा ५५, नुवाकोटमा ५३ र गोरखामा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।







