गुल्मी,२० साउन । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
जिल्लाकाे सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप बुधबार बेलुकी खैरेनी नजिकै दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती–४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती–५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेका छन् ।
घाइतेहरुलाई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा लगिएको प्रहरीले जनाएको छ । जीप आफैं अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको जनाइएको छ ।