बुटवल,२० साउन ।
स्थापना दिवसको अवसरमा फेवा बचत तथा ऋण सहकारी संस्था लि.बुटवल –६,रुपन्देहीले आज बुटवलमा रक्तदान गरेको छ ।
संस्थाको १४ औं स्थापना दिवसको अवसरमा फेवा साकोस शिक्षा उपसमितिको आयोजनामा रक्तदान गरिएको हो ।
साे अवसरमा २७ जनाले रक्तदान गरेको साे संस्थाले जनाएको छ ।
त्यस्तै ३५ जनाले हेनरी डिउना अक्षयकोषमा रकम जम्मा गरेका थिए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रुपन्देहीका संयोजक प्रेमलाल उदासले रक्तदातालाई व्लडको थैली दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
फेवा साकोस शिक्षा उपसमितिका संयोजक प्रेम सोमैको अध्यक्षता,संस्थाका कोपाध्यक्ष नुमकली राहदीको संञ्चालनमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रुपन्देहीका संयोजक प्रेमलाल उदास,संस्थाका अध्यक्ष प्रेम गुरुङ,संस्थापक अध्यक्ष यमबहादुर तरामी,पूर्व सचिव मनोज राना,लेखा समिति संयोजक हेमन्त थापा,सहकारीका व्यवस्थापक लिल बहादुर गुरुङ लगायतले रक्तदानको महत्व र संस्थाको वार्षिकोत्सवका बारेमा प्रकाश पारेका थिए ।
संस्थाको ०६५ साल साउन २० गते स्थापना भएको हो ।






