काठमाण्डाै,२० साउन ।
आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ । अहिले प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको छ । भोलि भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने जल तथा माैसम विज्ञान विभागले जनाएको छ । हाल देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ ।