बुटवल,१८ साउन ।
लुम्बिनी प्रदेश सभामा बिपक्षी गठवन्धन दलले नयाँ सरकार गठनकाे प्रक्रिया अगाडि बढाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्ने तयारी गरेका छन् ।
शंकर पाेदरेल नेतृत्वको प्रदेश सरकार अबैध रहेको दाबी गर्दै आएका बिपक्षी गठवन्धन दलका नेताहरूले नयाँ सरकार गठनका लागि प्रदेश सभाको बिशेष अधिवेशन आह्वानकाे माग गर्दै प्रदेश प्रमुख शेरचनलाई भेट्न लागेका हुन् ।
अधिवेशन आह्वानका लागि समावेदन निवेदन सहित अहिले ११ बजे प्रदेश प्रमुखलाई भेट्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्वीन खानले जानकारी दिए ।
यसअघि विपक्षी गठवन्धन दलले शनिबार नवआगन्तुक प्रदेश प्रमुख शेरचनलाई भेटगरि वैधानिक रूपमा सरकार गठनको पहल गर्न ध्यानाकर्षण गराएका थिए ।






