काठमाण्डाै,१८ साउन । आज वाग्मती,गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वाग्मती प्रदेश र प्रदेश-१ काे पूर्वी क्षेत्र तथा लुम्बिनी प्रदेशका केही क्षेत्रमा अहिले वर्षा भैरहेकाे मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । वाग्मतीका अन्य क्षेत्रमा भने दिउँसो पछि पानी पर्ने सम्भावना रहेको उनलेे बताए ।

काठमाण्डौको मौसम भने यतिबेला सफा रहे पनि अपरान्ह र राति पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, आज बेलुका नै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाको अनुमान छ ।