बुटवल,१७ साउन ।
बुटवल उपमहानगरपालिकाका २७ सहित रुपन्देहीमा आइतबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १७१ जनाको पिसिआर परिक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आइतबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका २७ जना,तिलाेत्तमा नगरपालिकाका १३ जना,सिद्वार्थनगर नगरपालिकाका ४ जना,
सैनामैना नगरपालिकाका २ जना देवदह नगरपालिका र मायादेवी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २९ हजार २७७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप ३१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार ३६७ जना काेराेना संक्रमित निको भइसकेका छन् ।

रूपन्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५१६ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३९४ रहेको छ ।