बुटवल,१७ साउन ।
धार्मिक पर्यटन प्रवद्घन गर्ने उदेश्यसहित रुपन्देहीमा जलापर्ण कार्यक्रम हुने भएको छ ।
रुपन्देहीका ५ वटा क्लबहरुको संयुक्त आयोजनामा सोमबार श्रावणी साईक्लिङ जलापर्ण कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रमका संय‍ोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान शुरु हुने यात्रा कपिलबस्तुको लक्ष्मणघाट पुगेर जल लिएर सैनामैना पर्रोहा परेश्वर धाममा जलापर्ण गरिने उनले बताए ।

कार्यक्रममा समाजसेवीहरु चन्द्रप्रकाश पौडेलले धार्मिक आस्थामा युवाहरुको अगुवाई गराउदै पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण कामको सफलताको कामना गरे ।