काठमाडौं,१७ साउन । नेपालमा आइतबार थप २ हजार ५६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६३६ जनाको नमुना परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म ७ लाख ५९ हजार ३०७ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २० जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ६ लाख ५६ हजार १९७ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्सैगरी पछिल्लो २४ घण्टामा १८ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार ८७५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ ।

संक्रमित मध्ये हाल ६७७ जनाको आईसीयु र १६९ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौं जिल्लामा ५९४ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा १६६ जना रहेका छन् ।