बुटवल,१६ साउन ।
नेपाल नियमित रक्तदाता संघले शनिवार रुपन्देहीको २ स्थानमा वृहत रक्तदान गरेको छ ।
संघको आयोजनामा बुटवलमा भएको रक्तदानमा ६५ प्वाईन्ट र सैनामैनामा भएको रक्तदानमा ४१ जनाले गरि कुल १०६ प्वाईन्ट रगत संकलन भएको संघले जनाएको छ ।
संघले हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा र आवश्यक परेमा जुनसुकै बेला आकस्मिक रुपमा रगत संकलन गरि ब्लड बैकलाई उपलब्ध गराउदै आएको संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए ।
सैनामैनामा रहेको युगल सहकारीको स्थापनाको उपलक्ष्यमा नेपाल नियमित रक्तदाता संघ सैनामैना शाखासँगको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र बुटवलको कार्यक्रममा उद्योगी एजाज आलमको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संयोजक दीपक अधिकारीले बताए ।
बुटवलमा भएको कार्यक्रममा संघका अध्यक्ष दया बहादुर सिलवाल र सैनामैनामा भएको कार्यक्रम गोविन्द पोखरेलको अध्यक्षतामा भएको मधु अर्यालले जानकारी दिए ।
कार्यक्रममा वोल्ने वक्ताहरुले संस्थाले गरेको मानविय कार्यलाई हरेक क्षेत्रवाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।






