काठमाडौं,१६ साउन ।
नेपालमा शनिबार थप ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २६३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९१६ जना काेराेना संक्रमित निकाे भएका छन भने २३ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।







