बुटवल,१६ साउन । लुम्बिनी प्रदेश सभा सदस्य बिमला वली शुक्रबार रातिदेखि सम्पर्क बिहिन भएकि छन् ।
विपक्षी गठवन्धन प्रदेश सरकार परिवर्तनको कसरतमा लागेकाे चर्चा भलिरहेका बेला विपक्षी गठवन्धनमा आवद्व प्रदेश सभा सदस्य सम्पर्क बिहिन हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

जनता समाजवादी पार्टी जसपा प्रदेश संसदीय दलकी प्रमुख सचेतक समेत रहेकी प्रदेश सभा सदस्य पुर्मती ढेंगा मगर सम्पर्क बिहिन भएर सम्पर्कमा आएको ३ दिन नबित्दै नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी दाङबाट निर्वाचित प्रदेश सभा सदस्य बिमला वली शुक्रबार रातीबाट सम्पर्क बिहिन भएकी हुन् ।

शुक्रबार साँझसम्म बुटवलको नयाँ गाँउ स्थित आफ्नै डेरामा रहेकी प्रदेश सभा सदस्य वली राति ८ बजेतिरबाट सम्पर्क बिहिन भएकाे माओवादी केन्द्रका प्रदेश सभा सदस्य आईपी खरेलले बताए ।
रातीको समयमा गाडी आएर कोठाबाट उनलाई लिएर गएको स्थानीयबासीलाई उदृत गर्दै खरेलले बताए ।
मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै उनलेे कुनै पनि षडयन्त्र सफल नहुने बताए ।
सम्पर्क बिहिनको खबर सार्वजानिक भएसँगै सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भएपनि मोबाइल उठेन ।

नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी प्रदेश सभा सदस्य वली सर्वोच्चले नेकपा खारेज गरेसँगै चैत्र महिनामा आफुले माओवादी केन्द्र पार्टी रोजेको जानकारी गराएकी थिइन् ।