बुटवल,१५ साउन ।
बुटवल उपमहानगरपालिकाका १६ सहित रुपन्देहीमा शुक्रबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २४९ जनाको पिसिआर परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १६ जना, तिलोत्तमा नगरपालिकाका ८ जना,सैनामैना नगरपालिकाका ३ जना,
सिद्वार्थनगर नगरपालिका,देवदह नगरपालिकाका,सुद्वाेधन गाउपालिका र कञ्चन गाउपालिकाका २/२ जना तथा ओमसतिया गाउपालिकाका १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २९ हजार १८२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप ४१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार ३०३ जना काेराेना संक्रमित निको भइसकेका छन् ।

रूपन्देहीमा पछिल्लो २४ घण्टामा एक जना काेराेना संक्रमितकाे मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५१६ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३६३ रहेको छ ।