काठमाडौं,१५ साउन । नेपालमा शुक्रबार थप ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ५२ हजार २६१ जना काेराेना संक्रमित निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर २७ जना काेरोना संक्रमितकाे मृत्यु भएको छ । नेपालमा हालसम्म तीमध्ये ९ हजार ८३४ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्षमुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा ‍जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५५६, कास्कीमा ३३३, झापामा २३६, ललितपुरमा १८७, सुनसरीमा १७० जना र मकवानपुरमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा ८२, भक्तपुरमा ७६, सुर्खेतमा ७१, नवलपरासी पुर्वमा ५८, रुपन्देहीमा ५७, मोरङमा ४२, गोरखामा ४०, नुवाकोटमा ३३, स्याङ्जामा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पाल्पा र कैलालीमा २४/२४ जना, काभ्रेपलाञ्चोकमा २२, महोत्तरी र तनहुँमा १९/१९ जना, धनकुटामा १७, अर्घाखाँची र जुम्लामा १६/१६ जना, धादिङमा १४, रौतहट र बाँकेमा १३/१३ जना, नवलपरासी पश्‍चिममा १२, इलाम र रामेछापमा ११/११ जना तथा म्‍याग्दी, लमजुङ, गुल्मी र दाङमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।