बागलुङ,१५ साउन ।
कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ का दुई बालक नदीमा डुबेर बेपत्ता भएका छन् ।

बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

बिहीबार दिउँसो करिब १ः०० बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएका उनीहरु नदीमा डुबेर बेपत्ता भएको प्रनाउ हवारीले बताए ।
चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजीकार्यमा नेपाली सेनाको विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ ।