पाल्पा,१५ साउन । पाल्पाली सङ्गम अमेरिकाले पाल्पाका ग्रामीण भेगमा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
कोभिड -१९ लाइ मध्यनजर गरी संगमले जिल्लाकाे रैनादेवी छहरा गाउपालिकालाई निबुलाइजर,मास्क लगायतका महत्वपुर्ण स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
संगमकाे तर्फबाट नेपाली कांग्रेसका युवा नेता हिमालदत्त श्रेष्ठले बिहीबार जुठापौवा स्वास्थ्य चौकिमा आयाेजित एक कार्यक्रमकाबीच गाउपालिकाका अध्यक्ष राम बहादुर कार्कि,गापा स्वास्थ्या शाखा प्रमुख जिबन राना,वार्ड सचिब हुम बहादुर कुबर लगायतको उपस्थितिमा उक्त सामाग्री प्रदान गरेको हो ।
काेभिड-१९ काे महामारीमा जनताको जिवनरक्षामा खटिने स्वास्थ्यकर्मिको सुरक्षार्थ केहि आधुनिक स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
जिल्लाका अन्य ४ वटा दुर्गम गाउपालिकाहरूमा समेत ती सामाग्री बितरण गर्ने कार्यक्रम रहेको अभियन्ता तथा युवा नेता श्रेष्ठले जानकारी दिए ।








