बुटवल,१४ साउन ।
बुटवल उपमहानगरपालिकाका १४ सहित रुपन्देहीमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २५१ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बिहीबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १४ जना,देवदह नगरपालिकाका ५ जना, तिलोत्तमा नगरपालिका,सैनामैना नगरपालिका र सुद्वाेधन गाउपालिकाका ४/४ जना,सिद्वार्थनगर नगरपालिकाका २ जना तथा कञ्चन गाउपालिका र राेहिणी नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २९ हजार १४६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप ३७ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार २६२ जना काेराेना संक्रमित निको भइसकेका छन् ।
रूपन्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५१४ जना काेराेना संक्रमितको मृत्यु भएको छ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३७० रहेको छ ।





