काठमाडौ,१४ साउन । नेपालमा बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जना गरी ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वाणस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३७३ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ६ लाख ५० हजार ४४५ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १६ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ९ हजार ८०७ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेकाे छ । जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९७, झापामा २७२, कास्कीमा २४८, सुनसरीमा १७०, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै चितवनमा ९६, मोरङमा ७२, मकवानपुरमा ६६, नवलपरासी पुर्वमा ५६, नुवाकोट र तनहुँमा ४५/४५ र रुपन्देहीमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

गोरखामा ३१, कैलालीमा २७, दाङमा २६, बागलुङमा २०, सुर्खेतमा १७, धनकुटामा १५, पाल्पामा १४, जुम्लामा १३, सिन्धुपाल्चोकमा १२, सिन्धुलीमा ११ तथा सर्लाही, काभ्रेपलाञ्चोक र अर्घाखाँचीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।