काठमाण्डाै,१४ साउन । आज दिउँसाेपछि लुम्बिनी प्रदेशसहित देशभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम,वाग्मती, प्रदेश-१ र प्रदेश-२ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । यस्तै राति पनि प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यसपालि सरदरभन्दा धेरै वर्षा भएको छ । यसले बाढी पहिरोको जोखिम पनि बढाएको छ ।
अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी तराईको नजिक रहेकोले त्यस वरपरका क्षेत्रमा बर्षा भैरहेकाे माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।






