काठमाडौं,१३ साउन । नेपालमा बुधबार थप ३ हजार ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना काेराेना संक्रमित निकाे भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५५९, कास्कीमा ३१६, ललितपुरमा २०६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५, र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ९४, नवलपरासी पूर्वमा ७४, मकवानपुरमा ७३, गोरखामा ६३, नुवाकोटमा ३८, रुपन्देहीमा ३७, बागलुङमा ३४, स्याङजामा ३३, पाल्पामा ३० जनामा कोरोना संक्रमित थपिएका छन् ।
काभ्रेपलाञ्चोकमा २३, दोलखा, सिन्धुपाल्चोक, म्याग्दीमा २०/२० जना, कैलालीमा १९, दाङमा १८, लमजुङमा १७, पर्वतमा १४, धनकुटामा १२, अर्घाखाँची र बैतडीमा ११/११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







