काठमाडौ,१ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टीले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ता गरि जायज माग पुरा गर्न माग गरेको छ ।
साे पार्टीका संघीय परिषद् अध्यक्ष खड्ग प्रसाद (के.पी.) पालुङ्वाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरि आन्दोलनरत पक्षसँग वार्ता गरि प्रतिस्ठानकाे सुधारका लागि उनिहरूले राखेका जायज माग पूरा गर्न माग गरेको हो ।
देशकै ठूलो शैक्षिक संस्था एवम् स्वास्थ्य सेवा उपलब्ध गराउँदै आईरहेको धरान उपमहानगरपालिकामा अवस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स एवम् कर्मचारी र अन्य समूहहरुले प्रतिष्ठानको सुधारका निमित्त विभिन्न माग राखी विगत एक महिनादेखि निरन्तर रुपमा जारी आन्दोलनलाई प्रतिष्ठानका कुलपति र जिम्मेवार पदाधिकारीहरुबाट भएको बेवास्थाप्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा आन्दोलन लम्बिदै जादा प्रतिष्ठानको साख गुम्न गई आर्थिक रुपमा कमजोर हुनुको साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा उपलब्ध गराउनबाट समेत वञ्चित हुने हुँदा आन्दोलनरत सबै पक्षसँग अविलम्ब वार्ता बसी संवाद मार्फत जायज मागहरु सम्बोधन होस् भन्ने माग गरिएकाे छ ।